Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कटरीना कैफ र विक्की कौशलबीच खटपट शुरु, ब्रेकअपको डर !

    कटरीना कैफ र विक्की कौशलबीच खटपट शुरु, ब्रेकअपको डर !

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल प्रेममा छन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बलिउड मिडियाले बताइरहेका छन्।

    केही दिनअघि उनीहरुको इन्जेगमेन्ट भएको खबरले पनि बलिउड तातेको थियो। तर त्यसको आधिकारिक पुष्टि भएको छैन। यसैबीच कटरिना र विक्कीबीच खटपट शुरु भएको खबर बाहिरिएको छ। कटरीना फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश उड्नुअघि दुवै पक्षबीच खटपट शुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।



    समाचारमा उल्लेख गएिअनुसार विक्की र कटरीना दुवैजना इन्गेजमेन्टको खबरले चिन्तित थिए। उनीहरु दुवैलाई कसको पीआर टिमले गलत खबर बाहिर ल्यायो भन्नेमा चिन्ता रहेको थियो। यसैकारण उनीहरुबीच निकै खटपट भएको बताइएको छ।



    कटरीना गत साता सलमान खानसँग फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश गएकी थिइन्। यशराज ब्यानरमा बन्ने यो फिल्म अलग अलग देशमा छायांकन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार