Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लागुऔषधसहित एक जना पक्राउ

    लागुऔषधसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ अलपाइन स्कुलस्थित सडकखण्डबाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

    चामलको बोराभित्र लुकाइछिपाइ ल्याएको विभिन्न लागुऔषधसहित पर्सा धोबिनी गाउँपालिका–२ आशबारी बस्ने १९ वर्षीय पृथ्वीसिंह कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ परेका कुर्मीको साथबाट चामलको बोरामा लुकाई राखिएको लागुऔषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।



    लागुऔषध बरामद गरी कुर्मीलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार