Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रहरी संगठनको मूल्य र मान्यताको पालना गर्न आईजीपीको निर्देशन

    प्रहरी संगठनको मूल्य र मान्यताको पालना गर्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले कर्मचारीहरुलाई प्रहरी संगठनको मूल्य र मान्यताको पालना गर्न निर्देशन दिएका छन्।

    सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी क्षेत्रीले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन्।



    यस्तै, सम्बोधनका क्रममा आईजीपी क्षेत्रीले विगत पाँच महिनामा प्रहरीले गरेका कार्यहरूको समीक्षा गर्दै सो अवधिमा उल्लेख्य प्रगति भएको दाबी समेत गरे।



    कोभिड-१९ को बढ्दो सङक्रमण लगायतका अन्य चुनौतिको सामना गर्न सुरक्षाको उचित प्रवन्ध गरी काम गर्नुपर्नेमा आईजीपीको जोड थियो।

    कार्यक्रममा आईजीपी क्षेत्रीले हालै बढुवा भएका प्राबिधिकतर्फका प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान समेत गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार