Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विवादित छवीका डा. लोहनी वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त, आन्दोलनको तयारीमा कर्मचारी

    विवादित छवीका डा. लोहनी वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त, आन्दोलनको तयारीमा कर्मचारी

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा रातारात डा. गुणराज लोहनीलाई नियुक्त गरेका छन् ।

    मन्त्री खतिवडाले प्रतिष्ठान ऐन विपरीत अस्पतालको सुधारमा विगतदेखिनै मन्त्रालयमा रहेर नकारात्मक र विवादित काम गर्दै आएका डा. लोहनीलाई २७ गते मंगलबार वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेका हुन् । मन्त्रालयले २५ गते नै वीरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निणर्य गरे पनि डा. लोहनीलाई २७ गते मात्रै नियुक्ति पत्र दिएको हो ।



    डा. लोहनी स्वास्थ्य विमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोशी अस्पताललगायतमा असफल भएका व्यक्ति हुन् भने उनीमाथि मेडिकल माफियासँग बिषेश समन्ध रहेको आरोप लाग्दै आएको छ । त्यसो त स्वास्थ्य मन्त्रालयमा रहँदा उनले न्याम्सको सुधारमा अवरोध समेत गरेको वीरकै कर्मचारीहरु बताउँछन् । मेडिकल माफिया विशाल पण्डितसँग बिशेष समन्ध भएका डा. लोहनी पहिलेदेखि नै वीर अस्पताल बिरोधी रवैया देखाउने स्वास्थ्यका अधिकारीमा पर्दछन् ।



    नाम उल्लेख नगर्ने शर्तमा वीरका एक कर्मचारी भन्छन्–‘न्याम्सलाई स्वायत्त हुन नदिन, न्याम्स सेवा आयोग गठनमा अवरोध गर्न, सर्जिकल भवन सन्चालनका लागि बजेट माग गर्दा बजेट विनियोजनमा अवरोध गर्नेदेखि दुवाकोट परियोजना अगाडि बढ्न नदिन र अस्पतालका कर्मचारीहरुको तलव भत्ता पटक–पटक रोक्न डा. लोहनीको प्रमुख हात रहेको छ । त्यतिमात्र होइन उनले समायोजन भएका कर्मचारीसँग आर्थिक कारोबार गरेर रमाना नदिने जस्तो अस्पताल बिरोधी कार्य गर्दे आएका छन् ।’

    मन्त्री खतिवडाले रातारात भ्रष्ट चरित्रका विवादित व्यक्तिलाई अस्पताल प्रमुख बनाएपछि वीरका अधिकांश कर्मचारी र संगठनहरुले विरोध गरेका छन् ।
    कर्मचारीहरुले अस्पताल बाहिरबाट आउने प्रमुखलाई नमान्ने बताई सकेका छन् भने आन्दोलनको तयारी समेत गरेको जनाएका छन् ।

    सरकारले गत जेठमा न्याम्स ऐन विपरीत वीर अस्पताललाई कोभिड–१९ युनिफाइड अस्पतालमा परिवर्तन गरेको थियो । जसअनुसार पनि न्याम्सबाट ओएनएम सर्भे भएर दरवन्दी सिर्जना हुनु पर्नेमा डा. लोहनील् आफ्नो स्वार्थ अनुकुल वीर अस्पतालमा १२औं तहको सहित ८३७ जना गैरकानुनी दरबन्दी सिर्जना गराएका थिए । डा. लोहनी १२औं तहमा बढुवा भएपछी मन्त्रालयले वीर अस्पताल पठाउन खोजेको थियो । तर, अस्पताल आर्थिक सङ्कट छ भन्दै वीर आउन नचाहेका उनी अहिले आउनुलाई रहस्यमय मानिएको ती कर्मचारीले बताए ।

    पाँच महिना मात्र अवधि बाँकी रहेका डा. लोहनीलाई स्वास्थ्यमन्त्री खतिवडाले रातारात प्रमुख बनाएपछि मन्त्रीको समेत विरोध शुरु भइसकेको छ ।

    वीर अस्पतालको प्रमुखमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएसँगै अस्पतालमा सुधारको संकेत देखिएको थियो । अहिले वीर अस्पतालमा दैनिक दुइ हजार ५ सय भन्दा बढी बिरामीले सेवा लिइ रहेको रेकर्ड छ भने २४ घण्टा नै पिसिआर हुँदै आएको छ । टिकटका लागि डिजिटल प्रणालीको विकास भएसँगै भिडभाड पनि कम हुँदै आएको छ । लामो समयदेखि तलब र भत्ताको बारेमा विरोध गर्दै आएका कर्मचारीहरुले समेत समयमै तलब भक्त पाएका छन् ।

    अहिले कोभिड अस्पतालमा सय भन्दा बढी बिरामी उपचारत रहेको, कोभिड अस्पताल ५०० बेड सञ्चालनका लागि तयारी अवस्थामा रहेको, कोभिड सोधपुछ ११३३ सञ्चालन गरेको , सय बेड आईसीयू सञ्चालन तयारी भइरहेको, इमर्जेन्सी मनिटर र आधुनिक बेड सहित सञ्चालनमा आएको, सर्जिकल भवन पुर्ण ( ५००बेड) रूपमा सञ्चालनको तयारीमा रहेको, विग्रिएर बसेका उपकरणहरु मर्मतसम्भारपछि प्रयोगमा आएको, दुवाकोट परियोजना अघि बढेकोलगायत धेरै कामहरुमा सुधार देखिएको छ ।

    डा. बस्नेतकै पालामा सीटी स्याक्यान, एमआरआर्इ, प्याथोलिजि, इमर्जेन्सी सेवा चुस्त भइरहेको, कर्मचारीहरुले कोभिड भत्ता पाएको, लामो समय देखि नपाएको औषधि खरिद खर्च पाएको, समयमै तलव पाउन थालेको, सेवा बिस्तार भत्ता दिने तयारी भैरहेको अवस्थामा डा. लोहनी आएका हुन ।

    सुधारोन्मुख अवस्थामा अस्पताल सञ्चालन भइरहेको देखेर प्रमुख भएर आएका डा. लोहनीलाई अस्पतालका सम्पूर्ण चिकित्सक, कर्मचारी, संघ, सङ्गठन र न्याम्स पदाधिकारीले विवादित र अस्पताल बाहिरका व्यक्ति भन्दै अस्पतालमा प्रवेश गर्नै नदिन आन्दोलन गर्ने जनाइसकेका छन् ।

    बीरका कर्मचारीहरुले मेडिकल माफियासँग उठबस गर्ने डा. लोहनीको गैरकानुनी नियुक्तमाथि छानविन गर्न प्रधानमन्त्री कार्यालयदेखि राष्ट्रिय सर्तकता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा उजुरी दिने तयारी गरेको समेत बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार