Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बतासको धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भने- ‘सेभेन स्टार जस्तो रहेछ, छानबिनपछि दूधको दूध पानीको पानी हुन्छ’

    बतासको धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भने- ‘सेभेन स्टार जस्तो रहेछ, छानबिनपछि दूधको दूध पानीको पानी हुन्छ’

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपति क्षेत्रमा बतास समूहले संचालन गर्दै आएको धर्मशाला हेरेर आफू आश्चर्य‘सक्ड’ भएको बताएका छन्।

    आइबार बिहान धर्मशाला निरीक्षण गर्न पशुपतिस्थित त्यस क्षेत्रमा पुगेका मन्त्री आलेले निरिक्षणपछि धर्मशाला सेभेन स्टार होटल जस्तो बताएको बताए ।



    ‘धर्मशाला त सेभेनस स्टार जस्तै रहेछ, म त सक्ड भए,’ निरीक्षणपश्चात मन्त्री आलेले भने, ‘यसबारे छानबिन समितिले प्रतिवेदन बुझाएपछि दूधको दूध पानीको पानी हुन्छ।’



    पछिल्लो समय बतास समूहले धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।

    बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ ।

    पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ।  भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले रजाईं गरिरहेको छ।

    यसअघि नारायणहिटी दरबार संग्रालयमा बतासले रेस्टुरेन्ट बनाउन लागेको भन्दै खबर सार्वजनिक भएको थियो । उक्त बतासको निर्माण मन्त्री आलेले तत्काललाई रोकिदिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार