Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अझै रोकिएन वीरमा मेडिकल माफियाको चलखेल

    अझै रोकिएन वीरमा मेडिकल माफियाको चलखेल

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.4K
    SHARES

    Bir Hospital

    काठमाडौं । देशकै पुरानो र ठूलो वीर अस्पताल २०५९ सालमा अध्यादेश र २०६३ सालमा ऐनबाट स्वास्थ्य क्षेत्रमा विषेशज्ञ जनशक्तिलाई उत्पादन र गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले स्थापित स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गत सञ्चालित छ ।

    केपी शर्मा ओली नेतृत्व सरकारको पालामा अध्यादेशमार्फत वीर अस्पताललाई केन्द्रीय कोभिड यूनिफाइड अस्पतालको रुपमा रुपान्तरण गरिएको छ । ओली सरकारले कोभिड अस्पताल बनाएसँगै वीर अस्पतालमा हुने अर्बौंका टेण्डर र कर्मचारी भर्नामा अस्पतालका प्र्रमुखदेखि स्वास्थ्यमन्त्रीसम्म चलखेल हुँदै आएको समाचार पनि नौलो भने होइन ।



    आफ्नो स्वार्थ अनुकुल स्वास्थ्य सामाग्री र औषधी खरिद तथा कर्मचारी भर्नामा स्वास्थ्य तथा जनसंख्या मन्त्रीले नै चासो देखाउँदै आएको तथ्यांक वीरमा ताजै छ । त्यसैले पनि स्वास्थ्य मन्त्रीमार्फत पटक–पटक छोटै समयमा वीर अस्पतालका प्रमुख परिवर्तन भइरहन्छन् ।



    यसको पछिल्लो उदाहरण हो, गत जेठमा प्रतिष्ठान ऐन विपरित वीर अस्पताललाई न्याम्सबाट छुट्याउने अध्यादेश र डा. जागेश्वर गौतमको नियुक्ती । डा. गौतम नियुक्त भएसँगै उनले तीन दिन भित्र २४ करोडको सामानको ठेक्का आफुनिकट म्याक्सिक सप्लाएर्सलाई दिलाएका थिए । जसमा अस्पतालका एजेन्ट भावना वराल, भगवति थपलिया, विण्णु फुयाल, बैकुण्ठ लुइँटेल, क्षेत्रराज कार्की, एकनाथ तिमल्सिना, राज कुमार राजथलालगायतले सहयोग गरेको वीर अस्पताल स्रोत बताउँछ ।

    त्यस्तै वीरको अर्को उदाहरण हो, भर्खर प्रमुख बनाइएका गुणराज लोहनीको । स्वास्थ्य मन्त्रालयमा रहेर विगतदेखि नै न्याम्स बिरोधि गतिविधि गरेको आरोप खेपिरहेका १२औं तहका डा. गुणराज लोहनीको वीर अस्पतालमा सरुवा भएको थियो । स्वायत्त प्रतिष्ठानको ओएनएम सर्व र दरवन्दी सिर्जना गर्ने अधिकार न्याम्समा हुने, निर्देशक नियुक्तको सिफारिस उपकुलपतिले गर्नु पर्ने भएपनि मेडिकल माफियासँग मिलेमतो गरी डा. गौतम र लोहनीले जवरजस्ति न्याम्स ऐन विपरीत वीर अस्पताल मा १२औं तहको निर्देशक सहित ८२७ जना दरवन्दी बनाएका थिए ।

    तिनै माफियाहरुले अहिले विवादित छविका डा. लोहनीलाई गत २५ गते निर्णय गर्दे २७ गते वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त दिलाएका थिए । त्यसमा पनि १२औं तहको नियुक्त र सरुवा मन्त्री परिषदबाट हुनु पर्ने र राष्ट्रिय सभा निर्वाचन आचार सहिता लागू भैसकेको अबस्थामा वीर अस्पतालका ऐजेन्टहरुले विगतमा स्वास्थ्य विमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोशी अस्पताललगायतमा असफल र मेडिकल माफियासँग उठबस भएका डा. लोहनीलाई वीरमा नियुक्त दिलाउन सफल भएका हुन् ।

    अहिले कोभिड अस्पतालमा सय भन्दा बढी बिरामी उपचारत रहेको, कोभिड अस्पताल ५०० बेड सञ्चालनका लागि तयारी अवस्थामा रहेको, कोभिड सोधपुछ ११३३ सञ्चालन गरेको , सय बेड आईसीयू सञ्चालन तयारी भइरहेको, इमर्जेन्सी मनिटर र आधुनिक बेड सहित सञ्चालनमा आएको, सर्जिकल भवन पुर्ण ९ ५००बेड० रूपमा सञ्चालनको तयारीमा रहेको, विग्रिएर बसेका उपकरणहरु मर्मतसम्भारपछि प्रयोगमा आएको, दुवाकोट परियोजना अघि बढेकोलगायत धेरै कामहरुमा सुधार देखिएको छ।

    डा. बस्नेतकै पालामा सीटी स्याक्यान, एमआरआर्इ, प्याथोलिजि, इमर्जेन्सी सेवा चुस्त भइरहेको, कर्मचारीहरुले कोभिड भत्ता पाएको, लामो समय देखि नपाएको औषधि खरिद खर्च पाएको, समयमै तलव पाउन थालेको, सेवा बिस्तार भत्ता दिने तयारी भैरहेको अवस्थामा डा. लोहनी आएका हुन् ।

    तर, कर्मचारीवृत्तले वीर अस्पताल बाहिर बाट आउने प्रमुखलाई नमान्ने भन्दै आन्दोलन गरेपछि डा. लोहनीको नियुक्ति रोकिएको छ । डा. लोहनीको नियुक्तिमा प्रधानमन्त्री देउवाको सकारात्मक हस्तक्षेप भयो भने स्वास्थ्य मन्त्री विरोध खतिवडा पनि आफु वीर अस्पतालका भ्रष्टाचारी समूहको चंगुलमा परेर फसेको थाहा पाएपछि निर्णय सच्याउन सहमत भए ।

    न्याम्स ऐन विपरीत कोभिड–१९ युनिफाइड अस्पताल स्थापना गरेको र न्याम्सबाट ओएनएम सर्वे भयर दरवन्दी सिर्जना हुनु पर्नेमा डा. लोहनी र वीर अस्पतालबाट समायोजनमा बाहिर परेर हाल नक्कली बोर्ड र अदालतको साहारामा बसेका भ्रष्टाचारी समूहको स्वार्थमा वीरको प्रमुख बनेको वीरका कर्मचारी र यूनियनको भनाई छ । १२औं तहको सहित ८२७ जना गैरकानुनी दरबन्दी सिर्जना गराएका डा. लोहनी आफू १२औं तहमा बढुवा भएपछि वीरमा आएका हुन् ।

    डा. लोहनीलाई भावना बराल, बैकुण्ठ लुइँटेल, विष्णु फुयाल, अग्निधर वस्याल, क्षेत्रराज कार्की टिकाराम पनेरु, एकनाथ तिमल्सिनालगायतको हात रहेको अस्पताल प्रशासन उच्चस्तरीय विज्ञ बताउँछन् । यो समूह डा. लोहनीलाई देखाएर आर्थिक कारोबार गर्ने दाउमा थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो हुन भने दिएनन् । जसको वीरका कर्मचारीहरुले स्वागत गरेका छन् ।

    त्यहि भ्रष्ट समूह अहिले आफूले भनेजस्तो नहुने भएपछि बिरोध गर्ने कर्मचारीहरुविरुद्ध नै उत्रिएका छन् । उनीहरुले कहिले स्वास्थ्य मन्त्री त कहिले प्रचण्ड र अर्थमन्त्रीको समेत नाम लिएर वीरमा हालीमुहाली गर्दै आएका छन् ।

    वीर अस्पतालको प्रमुखमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएसँगै अस्पतालमा सुधारको संकेत देखिएको थियो । अहिले वीर अस्पतालमा दैनिक दुइ हजार ५ सय भन्दा बढी बिरामीले सेवा लिइ रहेको रेकर्ड छ भने २४ घण्टा नै पिसिआर हुँदै आएको छ । टिकटका लागि डिजिटल प्रणालीको विकास भएसँगै भिडभाड पनि कम हुँदै आएको छ । लामो समयदेखि तलब र भत्ताको बारेमा विरोध गर्दै आएका कर्मचारीहरुले समेत समयमै तलब भक्त पाएका छन् ।

    वीरका कर्मचारीहरु अहिले अस्पतालमा सुधार गर्ने हो भने यो भ्रष्ट समूहलाई सरुवा गरी छानबिन गर्नुपर्ने आवाज उठाउन थालेका छन् । वीरका कर्मचारीहरुले छानविनका लागि भन्दै पधानमन्त्री कार्यालयदेखि सर्तकताकेन्द र अख्तियार दुरुपयोग आयोगमा समेत उजुरी दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार