Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • शान्ति सेनामा गएका सेनाले पाए ‘द फोर्स कमाण्डर कमेण्डेन्सन’

    शान्ति सेनामा गएका सेनाले पाए ‘द फोर्स कमाण्डर कमेण्डेन्सन’

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीले प्रशंसापत्र प्राप्त गरेको छ ।

    नेपाली सेनाको जबरजंग गण (शान्ति सेना) तेस्रो डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत बोयो इलाकामा रहेका हतियारधारी समूहलाई हटाउन सफल भएकोमा प्रशंसापत्र प्रदान गरिएको हो ।



    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार सो इलाकामा मंसिर २७ देखि पुस ८ सम्म सञ्चालन गरेको गस्ती ‘जबर–१’ तथा पुस ९ देखि हालसम्म सञ्चालन गरेको गस्ती ‘जबर–२’ का क्रममा त्यहाँ रहेका हतियारधारी समूहलाई नेपाली सैनिक टोलीले हटाउन सफल भएको हो ।



    मिशन अन्तर्गतको जिम्मेवारी पूरा गर्दै नागरिक सुरक्षामा प्रभावकारी कार्य गरेको भन्दै ‘मिनुस्का, फोर्स हेडक्वाटर’ बाट नेपाली सैनिक टोलीले ‘द फोर्स कमान्डर्स कमेन्डेशन’ प्राप्त गरेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार