Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्वाचन आयोगद्धारा मोहन बैद्य ‘नेतृत्व’ को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

    निर्वाचन आयोगद्धारा मोहन बैद्य ‘नेतृत्व’ को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 888
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ ।

    लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन ।



    आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन ।



    यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो ।

    ३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाए पछि आयोगले खारेज गरिदिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार