Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्रीको सम्बोधन:

    तीनै तहका निर्वाचन लागि तयारी अवस्थामा रहन देउवाको निर्देशन

    तीनै तहका निर्वाचन लागि तयारी अवस्थामा रहन देउवाको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 915
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

    शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गर्दै यस्तो निर्देशन दिएका हुन् ।



    ‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ, निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु,’ सम्बोधनका क्रममा देउवाले भनेका छन्।



    यस्तै, प्रधानमन्त्री देउवाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहरको महामारीमा सबैलाई धैर्य गर्न आग्रह गरेका छन् ।

    । गत २९ असारमा प्रधानमन्त्री भएका देउवाको कार्यकाल यही पुस २९ गते ६ महिना पूरा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार