Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आहा रारा गोल्डकप : हिमालयन शेर्पा क्लबलाई हराउँदै पुलिस क्वार्टर फाइनलमा

    आहा रारा गोल्डकप : हिमालयन शेर्पा क्लबलाई हराउँदै पुलिस क्वार्टर फाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आहा रारा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लब क्वार्टर–फाइनलमा पुगेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै पुलिस क्वार्टर–फाइनलमा पुगेको हो ।

    खेलको निर्धारित ९० मिनेटमा एक÷एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा पुग्यो। अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ।



    यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश गरिसकेको छ।



    प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार