Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ह्वात्तै बढ्यो कोरोना मृत्युदर, ओमिक्रोनका कारण बढेको चिकित्सकको संकेत

    ह्वात्तै बढ्यो कोरोना मृत्युदर, ओमिक्रोनका कारण बढेको चिकित्सकको संकेत

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ ।

    विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।



    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ ।



    वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल नेपालमा कोरोना भाइसरका ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको बताए ।

    उनले हालै पनि दैनिक तीन–चार जना सङ्क्रमितको मृत्यु भइरहेको जानकारी दिँदै शनिबार १६ जना पुग्नुलाई ओमिक्रोनको प्रभाव बढेको हुनसक्ने बताए ।

    डा। पुनले ओमिक्रोन प्रकार कडा नभए पनि वृद्ध र खोप नलगाएकालाई त्यसले असर गरिरहेको जानकारी दिँदै त्यो वर्गका व्यक्तिमा समस्या कडा हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरे । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार