Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चोलेन्द्रलाई फ्याँकेर भए पनि संबिधानको ब्याख्या हुन्छ: टीकाराम भट्टराई

    चोलेन्द्रलाई फ्याँकेर भए पनि संबिधानको ब्याख्या हुन्छ: टीकाराम भट्टराई

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले संबिधानको ब्याख्या गर्नकै लागि पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदबाट फ्याँक्नु पर्ने बताएका छन्।

    मंगलबार बिहान हिमालय टेलिभिजनबाट प्रसारित समय सन्दर्भ कार्यक्रममा प्रस्तोता भूपाल लुइँटेलको प्रश्नमा जवाफ दिँदै संबिधानविद् भट्टराईले यस्तो बताएका हुन्।



    पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराविरुद्ध गर्दै आएको आन्दोलनलाई उदाहरण दिंदै भट्टराईले भने, ‘हिजो केपी ओलीले संसद बिघटन गर्दा पनि हामीले आवाज उठाएका थियौं, कसैलाई अनुकुल हुनका लागि चुनाव रोक्न मिल्दैन हामीले रोक्छौं।’



    कार्यक्रममा भट्टराईले अघि भनेका छन्, ‘संबिधानमा प्रधानन्यायाधीश भन्ने शब्द उल्लेख गरिएको हो, चोलेन्द्र भन्ने शब्द लेखिएको छैन, के चोलेन्द्रमात्रै हुन् त प्रधानन्यायाधीश ? ‘ संबैधानिक इजलास किन बस्न नसकेको भन्ने प्रस्तोता भूपालको प्रश्नमा भट्टराईले भने।

    ‘मैले एउटा कानुनको बिद्यार्थीको हिसाबले भन्नुपर्दा समयमै स्थानीय तहको चुनाव गरौं’, भट्टराईले भने,’ त्यसका लागि संबिधान र कानुन कुनै पनि बाधकच छैन।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार