Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता

    वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1K
    SHARES

    बझाङ । बझाङमा वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गर्ने ४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ।

    आइतबार बझाङको वित्थडचिर गाउँपालिका– ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो लगाएर दुर्व्यवहार गरेको भन्दै ४ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको हो।



    दुर्व्यवहार गर्नेहरूले प्रयोग गरेको जीपका चालक जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएका २३ वर्षीया विनोद बमलाई पक्राउ गरी आफन्तको जिम्मामा छोडेको छ।



    त्यस्तै दुर्व्यवहारमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका जयपृथ्वी नगरपालिका ९ देवलका अशोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, ठेगाना नखुलेका तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्काको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दर्ता गरेको छ।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले उनीहरूविरुद अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको र उनीहरूको खोजि कार्य भइरहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार