Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना अपडेट : आज संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी, ६ जनाको मृत्यु

    कोरोना अपडेट : आज संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालमा लामो समयपछि आज कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भन्दा निको हुनेको संख्या बढी भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ५ हजार ९२४ जना संक्रमण मुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयको अनुसार पिसिआर विधिबाट १० हजार १०१ जनाको कोरोना परीक्षण गरिएको थियो भने एन्टिजेन विधिबाट ४ हजार ४६१ नमूनाको परीक्षण भएको थियो ।



    यही अवधिमा थप भने ६ जनाले ज्यान पनि गुमाएका छन् ।

    तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।

    योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन् ।

    मन्त्रालयका अनुसार थप २ लाख ७२ हजार ७४८ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार