Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • १,७१४ जना संक्रमित थपिदां ४,७७१ जना सङ्क्रमणमुक्त, ९जनाको मृत्यु

    १,७१४ जना संक्रमित थपिदां ४,७७१ जना सङ्क्रमणमुक्त, ९जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 993
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७१४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप ४ हजार ७७१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६३९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३।३ प्रतिशत रहेको छ । हाल देशभर ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।



    कोभिड–१९ को सङ्क्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ८०३ जनाले ज्यान गुमाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार