Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सीडीओ बन्न कानूनको तालिम वा कानूनमा स्नातक अनिवार्य

    सीडीओ बन्न कानूनको तालिम वा कानूनमा स्नातक अनिवार्य

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले अनिवार्य रुपमा कानूनी तालिम वा कानूनमा स्नातक गरेको हुनुपर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

    जिल्ला हाँक्न जाने सीडीओले शान्ति सुरक्षाका अलावा कानूनी प्रक्रियाहरू पनि जान्नु पर्ने भएकाले कानूनमा स्नातक गरेको वा कानूनसम्बन्धी तीन महिना तालिम गरेको हुनुपर्ने व्यवस्था गरेको मन्त्री खाँणले बताएका हुन् ।



    गृह सुधार कार्ययोजना–२०७८ बारे बोल्दै गृहमन्त्री खाणले सीडीओ शान्ति सुरक्षा हेर्ने मात्र होइन, जिल्लामा आइपर्ने कानूनी समस्याको पनि समाधान गर्नु पर्ने बताए ।



    ‘त्यसका लागि कानून पढेको वा कानूनको तीन महिना तालिम लिएको व्यक्तिलाई मात्र जिल्ला पठाउने व्यवस्था गरेका छौं,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार