Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विश्व कप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

    विश्व कप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्ने भएको छ ।

    विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली आजराति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघले जानकारी दिएको छ ।



    ग्लोबल छनोटमा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। छनोटका खेल फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ।



    छनोट चरणको समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। नेपालले छनोट चरणको पहिलो खेल ओमानविरुद्ध खेल्दै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार