Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सहायक वन अधिकृतलाई कालोमोसो दलेको आरोपमा विप्लव समूहका कार्यकर्ता पक्राउ

    सहायक वन अधिकृतलाई कालोमोसो दलेको आरोपमा विप्लव समूहका कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.3K
    SHARES

    कैलाली । कैलालीमा प्रहरीले वन कर्मचारीलाई कालो मोसो दल्ने एकजनालाई पक्राउ गरेको छ ।

    कर्मचारीलाई कालो मोसो दलेर फरार रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता समेत रहेका पहल पुनमगरलाई प्रहरीले पक्राउ गरेको हो ।



    वन कर्मचारीलाई कालो मोसो दलेको आरोपमा कैलारी गाउँपालिकाबाट मंगलबार बिहान ५ बजे उनी पक्राउ परेका हुन् ।



    डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आफूहरु विप्लवको कार्यकर्ता भन्दै यहि माघ १७ गते पण्डितलाई कालोमोसो दलिएको थियो।

    उनीहरुले चन्दा आतंकको विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको पण्डितले बताएका थिए। उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार