Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोना संक्रमण : संक्रमित भन्दा निको हुनको संख्या तीन गुणा बढी

    कोरोना संक्रमण : संक्रमित भन्दा निको हुनको संख्या तीन गुणा बढी

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार यही अवधिमा थप १ हजार २७२ जना निको पनि भएका छन् । नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ पुगेको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार