Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • युक्रेन-रुसबीच शान्ति वार्ताको तयारी

    युक्रेन-रुसबीच शान्ति वार्ताको तयारी

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी आज शान्तिवार्ता सुरु हुने जनाइएको छ।

    वार्तामा को-को सहभागी हुन्छन् भन्नेबारे विस्तृत रूपमा खुलाइएको छैन।



    बेलारुसी सरकारी सञ्चारमाध्यमले एउटा पूर्वनिर्धारित वार्तास्थलको तस्बिर छापेको छ।



    दुई पक्षबीच आइतवार नै वार्ता हुने तय भएको थियो। तर बन्दोबस्ती र सुरक्षाको कारणले ढिलो भएको किएभले जनाएको छ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट सकारात्मक परिणाम आउनेमा विश्वास नभएको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार