Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेसको बोलीप्रति माओवादीका नेताहरुको असन्तुष्टि, ‘हात्तीको कानमा चमेराको बास’

    कांग्रेसको बोलीप्रति माओवादीका नेताहरुको असन्तुष्टि, ‘हात्तीको कानमा चमेराको बास’

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ । माओवादीकै बलमा कांग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उहाँले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको हो ।

    एमसीसी सम्झौता संसद्बाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीलेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिनुभएको थियो ।



    माओवादीले आगामी स्थानीय प्रदेशसँगै संघीय निर्वाचनमा पनि गठबन्धन बनाएरै अघि जानु पर्ने नीति लिएको छ । तर कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन गर्ने विषयलाई हात्तीको कानमा चमेराको बास भन्ने व्याग्य गर्नुभएको थियो ।



    कांग्रेसका महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरु गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने पक्षमा उभिदै आउनुभएको छ। मंगलवार कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिनुभएको थियो।

    सत्ता सहयात्री दल कांग्रेसबाट अपमान हुने अभिव्यक्ति आएपछि प्रचण्डले माओवादीकै कारण कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएकाले अपमानित हुने अभिव्यक्ति नदिन चेतावनी दिनुभएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार