Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राजस्व अनुसन्धान विभागद्वारा कोकाकोलाविरुद्ध ३ अर्ब ७२ करोड कर छलीको मुद्दा दायर

    राजस्व अनुसन्धान विभागद्वारा कोकाकोलाविरुद्ध ३ अर्ब ७२ करोड कर छलीको मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध अर्बौं रकम कर छलीको मुद्दा दायर भएको छ ।

    विभागले शुक्रबार कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबर कर छलीको आरोपमा उच्च अदालत पाटनमा कर छलीको मुद्दा दायर गरेको हो ।



    ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।



    यस्तै, मुद्धामा विभागले कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा पनि कर छली भएको जनाएको छ ।

    नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुवईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ (२०७७ फागुन ७ गते) कोकाकोला साब्को आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार