Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • युएईका मानव संशाधन मन्त्री अवारसँग श्रममन्त्री श्रेष्ठको भेट, भिजिट भिसाबारे छलफल

    युएईका मानव संशाधन मन्त्री अवारसँग श्रममन्त्री श्रेष्ठको भेट, भिजिट भिसाबारे छलफल

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच भेटवार्ता भएको छ ।

    इमिरेट्सको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको हो । मन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गरे ।



    भेटवार्ताका क्रममा उनीहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।



    रोजगारीको प्रलोभन देखाइ भिजिट भिसामा युएई ल्याउने गैरकानुनी एजेन्टहरुलाई कारवाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्नेछ । मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार