Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १६ अंकले ओरालो लाग्यो शेयर बजार

    १६ अंकले ओरालो लाग्यो शेयर बजार

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं ।  बिहीबार पनि शेयर बजारले ओरालो लागेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ । नेप्से ०.६३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.१७ अंकले घटेर ४८८.९४ विन्दुमा झरेको छ ।



    अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएको छ ।



    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर घटेको छ । बाँकी २ वटा उपसमूहको शेयर बढेको छ । लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्स बढेको हो ।

    बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको ३० करोड ६३ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार