Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • देउवा–मोदी भेटवार्ता : द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने सहमति

    देउवा–मोदी भेटवार्ता : द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने सहमति

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न वाचा व्यक्त गरेका छन् ।

    नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्तामा शनिबार दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने उल्लेख गरेका हुन् ।



    भेटपछि नेपाल र भारतबीच चार वटा सम्झौता भएको छ ।



    भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो ।

    नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार