Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • मन्त्री आलेको स्पष्टीकरणविरुद्धको रिटको आज सुनवाइ हुँदै

    मन्त्री आलेको स्पष्टीकरणविरुद्धको रिटको आज सुनवाइ हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

    रिटको पेसी न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।



    पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री प्रेमबहादुर आलेलाई विपक्षी बनाएका छन् ।



    उनले रिटमार्फत अनाधिकृत व्यक्ति र निकायबाट स्पष्टीकरण सोध्न नमिल्ने र त्यसलाई बदर गर्न माग गरेको बताए ।

    मन्त्री आलेले वायुसेवा निगमको बैठकमा नगई असहयोग गरेको लगायत विषयमा स्पष्टीकरण सोधेका थिए ।

    हाल पौडेल मन्त्रालयमा तानिएका छन् । यसपछि उनी १० चैतमा सर्वोच्च अदालत पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार