Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मानिसको सिङ्गो शरीरको हड्डी सहित भारतीय नागरिक पक्राउ

    मानिसको सिङ्गो शरीरको हड्डी सहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.4K
    SHARES

    विराटनगर । विराटनगरबाट मानवको हड्डीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा रहेका छन् ।

    सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित सिन्हालाई पक्राउ गरेको हो ।



    सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको छ । सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १/१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८/८ वटा बरामद भएको उनले बताए ।



    सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको प्रहरीले बताएको छ । प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला परेको छ । पढाइ सकेर भारत फर्कने क्रममा उनले कार्टुनमा लुकाएको अवस्थामा कङ्काल फेला थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार