Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सशस्त्र प्रहरी र वाणिज्य बैंकबीच सम्झौता, सशस्त्रले विना धितो १५ लाख सम्म ऋण पाउने

    सशस्त्र प्रहरी र वाणिज्य बैंकबीच सम्झौता, सशस्त्रले विना धितो १५ लाख सम्म ऋण पाउने

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ ।

    सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी को प्रमुख आतिथ्य र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितिमा सशस्त्रको प्रधान कार्यालय हल्चोकमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो ।



    सम्झौतापत्रमा सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।



    सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम रु. १५ लाख सम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार