Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रुपन्देहीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ

    रुपन्देहीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    रुपन्देही । रुपन्देहीको देवदहबाट प्रहरीले अवैध हातहतियारसहित ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा देवदह नगरपालिका–६ सटाकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामी, ३६ वर्षीय चेतबहादुर दर्लामी र ५० वर्षीय सुनबहादुर आले रहेको प्रहरीले जनाएको छ ।



    उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, बारुद ३२७ ग्राम, सिसाको छर्रा १२९ थान, केप ७५ थान र पेचकस २ थान पक्राउ गरिएको छ ।



    यसैगरी फलामको चक्कु २ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार