Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भरतपुर पुगेर कलाकार सन्दीप क्षेत्रीले प्रचण्डलाई भने- तपाईँले गज्जबको छोरी पाउनुभएको छ

    भरतपुर पुगेर कलाकार सन्दीप क्षेत्रीले प्रचण्डलाई भने- तपाईँले गज्जबको छोरी पाउनुभएको छ

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 1K
    SHARES

    भरतपुर । चर्चित हास्य कलाकार सन्दीप क्षेत्री भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालको पक्षमा बोलेका छन् ।

    गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै क्षेत्रीले आफू कुनै पार्टीको सदस्य नभए पनि भरतपुरमा रेणुको जितको कामना गर्ने बताए ।



    ‘म कुनै झण्डाको मान्छे होइन, कुनै पार्टीको मान्छे होइन । तपाईँको कामबाट प्रभावित भएर आएको हुँ । तपाईँलाई मेरो कुल, मेरो इष्टको आशीर्वाद लागोस्’, क्षेत्रीले भने ।



    उनले भरतपुरको सभामा आउनुअघि आफ्नी आमालाई सोधेको र रेनुको पक्षमा बोल्दा फरक पर्दैन भनेकोले सभामा उपस्थित भएको बताए ।

    ‘अब तपाई यो पार्टीको अध्यक्षको हैसियतले चिन्तित हुनुहुन्छ भने स्वाभाविक छ तर छोरीका हिसाबले चिन्ता नगर्नुस् । तपाईँले गज्जबको छोरी पाउनुभएको छ’, क्षेत्रीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार