Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • डब्ल्यूएचओ भन्छ-भारतमा मात्र कोरोनाको कारण ४७ लाख मानिसको मृत्यु

    डब्ल्यूएचओ भन्छ-भारतमा मात्र कोरोनाको कारण ४७ लाख मानिसको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा कोभिड–१९ को कारण ४७ लाख मानिसको मृत्यु भएको दाबी गरेको छ ।

    यो संख्या भारतको आधिकारिक तथ्यांकको तुलनामा झण्डै १० गुणा बढी हो । साथै डब्ल्यूएचओले यो संख्या विश्वभर कोरोनाको कारण मृत्यु हुनेको संख्याको करिब एक तिहाइ हो।



    डब्ल्यूएचओले विश्वभर कोरोनाको कारण करिब १ करोड ५० लाख मानिसको मृत्यु भएको बताएको छ।



    धेरै मुलुकले कोरोनाबाट मृत्यु भएका मानिसको सही गणना नगरेको डब्ल्यूएचओको निष्कर्ष छ। अहिलेसम्म विश्वभरको तथ्यांक अनुसार ५४ लाख मानिसको कोरोनाको कारण मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार