Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मारिउपोलका अधिकांश भूभाग रुसी सेनाद्धारा कब्जा, स्टिल कारखानामा फसेका नागरिकको उद्धार

    मारिउपोलका अधिकांश भूभाग रुसी सेनाद्धारा कब्जा, स्टिल कारखानामा फसेका नागरिकको उद्धार

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । युक्रेनको मारिउपोलस्थित एजोभ्स्टल स्टिल कारखानामा फसेका सबै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उद्धार गरिएको छ ।

    युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शनिबार टेलिग्राममार्फत मारिउपोलको त्यस भागको मानवीय कामबारबाही सकिएको बताएकी छन् ।



    मारिउपोलका अधिकांश भूभाग रुसी सेनाले कब्जा गरेको छ । तर, सोभियतकालीन स्टिल कारखानामा आश्रय लिएको युक्रेनी सेनाको अन्तिम टुकडीले रुसी सेनाको प्रतिरोध गरिरहेको छ ।



    सो कारखाना दस हप्ता लामो युक्रेन युद्धमा दक्षिणी क्षेत्र कब्जा गर्ने रुसी प्रयासको प्रतिरोधको बिम्ब बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार