Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी

    एमाले अध्यक्ष ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे ।



    महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा ‘दाहाल’ ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन् ।



    यस्तै खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार