Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • विवेकशील साझाले पनि खोल्यो खाता, फेटा गाउँपालिकामा रुस्तम अन्सारी विजयी

    विवेकशील साझाले पनि खोल्यो खाता, फेटा गाउँपालिकामा रुस्तम अन्सारी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीले गाउँपालिकामा खाता खोलेको छ । बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका हुन् ।

    गाउँपालिकाको अध्यक्षमा विवेकशील साझाका उम्मेदवार रुस्तम अन्सारी विजयी भएका हुन्। उनी ४ हजार ४८५ मत ल्याएर विजयी भए ।



    उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरी लाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे। लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जय चौहानले १ हजार ९८६ मत ल्याएर तेस्रो भए ।



    यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि विवेकशील साझा पार्टीकी निलम साह विजयी भएकी छन्। उनी ३ हजार ५७० मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार