Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आन्तरिक पार्टी संगठनको कमजोरीका कारणले कम परिणाम आयो : माओवादी

    आन्तरिक पार्टी संगठनको कमजोरीका कारणले कम परिणाम आयो : माओवादी

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 4.4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण कम परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

    पूर्व स्थायी समिति सदस्यहरुको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।



    पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले १५० भन्दा बढी पालिकामा जित्ने आफूहरुको प्रक्षेपण भए पनि पार्टीको आन्तरिक सांगठनिक कमजोरीका कारण कम सिट आएको निष्कर्ष बैठकमा निकालिएको बताए । ‘मूलभूत रुपमा गठबन्धन सफल नै भयो भन्ने नै निष्कर्ष बैठकको रह्यो’ , ‘१५० भन्दा बढी पालिकामा जित्नुपर्थ्यो । तर हाम्रो आन्तरिक पार्टी संगठनको कमजोरीका कारणले कम आयो ।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार