Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि

    विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ।

    उनीहरूले विश्वभरि अहिलेसम्म २ सयजनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्। मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।



    यो भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकाले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ।



    डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकमा प्रवेश गर्न नदिने गरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार