Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रोहित पौडेलको शतकमा दोस्रो अभ्यास खेलमा नेपालको जित

    रोहित पौडेलको शतकमा दोस्रो अभ्यास खेलमा नेपालको जित

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । रोहित पौडेलको शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ। नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडीआई सिरिजअघि दुई अभ्यास खेल खेलेको हो ।

    पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले हरायो । गएराति भएको खेलको कप्तानी रोहित पौडेलले गरेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर एक बलमा २ सय ५० रनमा अलआउट भयो ।



    नेपालका लागि रोहित पौडेलले शतक प्रहार गरे । आरिफ शेखले ४१, दिपेन्द्रसिंह ऐरीले २४ र देव खनालले १९ रन जोडे । ह्युस्टन हरिकेन्सका मोहम्मद इलियासले पाँच र हरमित सिंहले दुई विकेट लिए । २ सय ५१ रनको लक्ष्य पाएको ह्युस्टन हरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो ।



    उसका निनाद निम्बाल्कर ९९ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले पाँच तथा सागर ढकालले दुई विकेट लिए । आईसीसी विश्व कप लिग दुईमा नेपालले अमेरिका र ओमानसँग दुईरदुई वटा श्रृङ्खला खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार