Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आज केन्या प्रस्थान गर्दै राष्ट्रिय क्रिकेट टोली

    आज केन्या प्रस्थान गर्दै राष्ट्रिय क्रिकेट टोली

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । पाँच टी–२० र तीन एकदिवसीय क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्ने भएको छ ।

    नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ।



    ५ खेलको टी–२० सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।



    राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् । सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार