Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सशस्त्र प्रहरीको एआईजीमा बढुवा भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्ह प्रदान

    सशस्त्र प्रहरीको एआईजीमा बढुवा भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रप्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयबाट एआईजीमा बढुवा भएका गौतमलाई आईजीपी राजु अर्यालले सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोक आयोजित विशेष समारोहमा दर्ज्यानी चिन्हबाट शुसोभित गरेका हुन् ।



    समारोहमा सम्बोधनको क्रममा आईजीपी अर्यालले पदोन्नती भएका गौतमलाई हार्दिक बधाई दिंदै उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यवसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको बताए ।



    आईजीपी अयौलले एआईजी गौतमलाई आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे । महानिरीक्षक अर्यालले संगठनमा सुधारका विभिन्न कार्यहरु सुरुवात गरिएको जानकारी गराउँदै सोको कार्यान्वयनका लागि विभागीय प्रमुख, फिल्ड लेवलका
    कमाण्डर लगायत सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको साथ सहयोग तथा सामुहिक प्रयास रहने बिश्वास व्यक्त गरेका छन् ।

    फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि प्रकाश पार्दै आईजीपी अर्यालले भ्रष्टाचारमा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठनको बृहत्तर हितका लागि सकल दर्जाका सबैलाई पूर्ण व्यवसायिक रहि राज्यप्रदत्त
    जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहन निर्देशन समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार