Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गोकर्णेश्वरमा शौचालयमा लडेर एक महिलाको मृत्यु

    गोकर्णेश्वरमा शौचालयमा लडेर एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको बौद्धमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ ।

    गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका रामेछाप उमाकुण्ड गाउँपालिका–५ घर भएकी ४९ वर्षीय सुशीला खड्काको शौचालयमा लडेर गएराति मृत्यु भएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शौचालय जाने क्रममा बेहोस अवस्थामा रहेकी खड्कालाई उनकी बहिनी वर्षा सुनुवारले फेला पारेर अस्पताल ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको जानकारी दिए ।



    शौचालयमा लडेर गम्भीर घाइते खड्कालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार