Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विश्वकप क्रिकेट लिग–२ : ओमानमाथि नेपालको सहज जित

    विश्वकप क्रिकेट लिग–२ : ओमानमाथि नेपालको सहज जित

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार राति भएको खेलमा नेपालले ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ ।

    अमेरिका भ्रमणमा रहेको नेपालको यो पहिलो जित हो । ओमानसँगको खेलमा जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ३३ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।



    नेपालको जितमा आसिफ शेखले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल भुर्तेलले ५६ रन जोडे । त्यसअघि ह्युस्टनमा रहेको मुसा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ओमान ४६ ओभर ५ बलमा १ सय ६३ रनमा अल आउट भयो ।



    ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ५२ रन बनाए । नेपालका करण केसीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १र१ विकेट लिए ।

    एक दिवसीयमा करणले दोस्रो पटक पाँच विकेट लिएका हुन् । यसअघि गएको बिहीवार ओमानसँग भएको खेलमा करणले पाँच विकेट लिएका थिए । तर नेपाल १३ रनले पराजित भएको थियो ।

    त्यस्तै दोस्रो खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्नेछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार