Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मुसेवाला हत्या : गोल्डीले क्यानडामा बसेर लरेन्सलाई पाकिस्तान हुँदै ५० वटा पेस्तोल पठाएको खुलासा

    मुसेवाला हत्या : गोल्डीले क्यानडामा बसेर लरेन्सलाई पाकिस्तान हुँदै ५० वटा पेस्तोल पठाएको खुलासा

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.6K
    SHARES

    एजेन्सी। पञ्जाबी गायक तथा नेता सिद्धु मुसेवालाको मे २९ मा गोली हानी हत्या गरिएको थियो । उनको मृत्युपछि लगातार धेरै खुलासा भइरहेका छन् । लरेन्सको हत्याको योजना  कसरी बनाएको भन्ने अहिले थाहा भएको छ ।  प्राप्त जानकारी अनुसार, ग्याङस्टार लरेन्स बिश्नोई तिहाड जेलबाट लगातार फोन प्रयोग गर्थे। जेलबाट फोन मार्फत क्यानडामा रहेका गोल्डी ब्रारसँग कुरा गर्थे ।

    भारतीय संचारमाध्यमका अनुसार कसलाई धम्की दिने, कसलाई फिरौती दिने, कसलाई गोली हान्ने, सबै कुरा लरेन्सले फोनमा तय गरेका थिए। पञ्जाबका ठूला ड्रग्स माफिया जग्गु भगवान पुरियालाई पनि लरेन्ससँग तिहाड जेलमा राखिएको थियो। जग्गु भगवान पुरियाले  गोल्डीले एक पटक मेरो लागि पाकिस्तानबाट ५० वटा पेस्तोल अर्डर गरेको थियो, जुन शूटरहरूलाई दिन खोज्दा पुलिसले समातेको वताएका थिए । गोल्डीको फोन क्यानडाबाट आउँथ्यो, सिद्धु मुसेवालाको हत्या हुनुभन्दा २ महिनाअघि जेलमा रहेका लरेन्सले क्यानडामा बसेर गोल्डीसँग कुरा गरिरहेका थिए ।



    पञ्जाबको सबैभन्दा ठूलो गुण्डा र पञ्जाबको सबैभन्दा ठूलो ड्रग्स माफिया जग्गु भगवान पुरियालाई पनि लरेन्ससँग तिहाड जेलमा राखिएको थियो। भगवान पुरियालाई हालै दिल्ली प्रहरीले जेलबाट हिरासतमा लिएको थियो। जसमा उनले २२ फेब्रुअरीसम्म लरेन्ससँगै जेलमा रहेको खुलासा गरेका छन् । गोल्डी आफैले हतियार आपूर्ति गर्दछ। लरेन्स बिश्नोईलाई मार्च २०२२ मा जेलमा फोनको लगातार प्रयोगको बारेमा जानकारी आएपछि जेल नम्बर ८ मा सारिएको थियो। लरेन्स बिश्नोई जुन २०२१ देखि तिहाड जेलमा बन्दी थिए ।



    लरेन्स बिश्नोईले जेलमा बसेर सिद्धु मुसेवालालाई मार्ने षड्यन्त्र रचे । लरेन्सले सिद्धुको हत्या योजनामा ​​भाइ अनमोल बिश्नोईलाई प्रयोग गरेका थिए । लरेन्सले अनमोललाई भारतबाट फरार बनाएका थिए ।

    क्यानडामा बसेका गोल्डीको सहयोगमा लरेन्सले आफ्ना भाइ अनमोललाई भारतबाट युरोपमा सिफ्ट गराए । लरेन्सका भाइ अनमोल अहिले युरोपमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार