Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • लरेन्स बिश्नोई समूह र दिल्ली पुलिसको स्पेशल सेलबीच गोली हानाहान , एक प्रहरी जवान घाइते

    लरेन्स बिश्नोई समूह र दिल्ली पुलिसको स्पेशल सेलबीच गोली हानाहान , एक प्रहरी जवान घाइते

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 1.3K
    SHARES

    एजेन्सी। दिल्लीमा प्रहरी र लरेन्स बिश्नोई गिरोहका सदस्यबीच भिडन्त भएको छ ।

    प्रहरी अधिकारीका अनुसार दुवैतर्फबाट गोली चलेको थियो । घटनामा बुलेटप्रुफ ज्याकेट लगाएका एक प्रहरी जवानलाई गोली लागेको छ । घटनास्थलबाट तीनजना लुटेरालाई पक्राउ गरिएको छ । प्रहरीको यो मुठभेड दिल्लीको रोहिणी सेक्टर ३६ क्षेत्रमा भएको हो ।



    आजतकका अनुसार दिल्ली पुलिसको स्पेशल सेल र बिश्नोई गिरोह आमनेसामने भएका थिए । भिडन्तमा दुवैतर्फबाट गोली चलेको थियो ।



    प्रहरीका अनुसार अपहरणकारीको गोली प्रहरीको बुलेटप्रुफ ज्याकेटमा लागेपछि प्रहरी जवान जोगिएको थियो । घटनास्थलबाट तीनजना लुटेरालाई पक्राउ गरिएको छ ।

    पक्राउ परेका लरेन्स बिश्नोई र गोल्डी बरार गिरोहसँग आवद्ध छन् । पञ्जाबमा भएको गायक ​​सिद्धु मुसेवाला हत्या प्रकरणमा लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहको संलग्नता सार्वजनिक भएको थियो । यस घटनामा प्रहरीले धेरै शार्प शूटरलाई पक्राउ गरेको छ । गत महिना अमृतसरमा भएको भिडन्तमा दुई बन्दुकधारी मारिएका थिए।

    दिल्ली पुलिस र पञ्जाब पुलिसले आज दिपक मुन्डी सहित तीन जनालाई नेपाल सीमाबाट मुठभेडमा पक्राउ गरेको छ। दीपक मुण्डी शार्प शूटर हुन् र मुसेवालाको हत्यामा संलग्न थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार