Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भारतमा हलचल मच्चिएको सिध्दु मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको टोली नेपालमा

    भारतमा हलचल मच्चिएको सिध्दु मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको टोली नेपालमा

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं। भारतका चर्चित गायक एवं राजनीतिज्ञ सिध्दु मुसेवालाको हत्यारा नेपालमा रहेको आशंकामा दिल्ली प्रहरीको टोली आज नेपाल आएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।

    भारतीय संचार माध्यम आजतकका अनुसार मुसेवालाको हत्यापछि गोली प्रहार गर्नेहरु नेपालमै लुकेर बसेको हुन सक्ने प्रहरीको आशंका छ । पञ्जाबी गायक सिध्दु मुसेवालाको हत्या प्रकरणमा दिल्ली र पञ्जाब प्रहरीले छापा मारिरहेको छ । स्रोतका अनुसार सिध्दु मुसेवाला हत्या प्रकरणमा दिल्ली प्रहरीको स्पेशल सेल टोली आज नेपाल आइपुगेको छ । मुसेवालाको हत्यापछि गोली प्रहार गर्नेहरु नेपालमै लुकेर बसेको हुन सक्ने आशंका स्पेशल सेलले गरेको छ । नेपालमा गोली प्रहार गर्नेहरुको खोजी भइरहेको छ । यसैबीच, प्रहरीले हत्यापछि भाइरल भइरहेका भिडियोको सहारा लिन थालेको छ ।



    अहिलेसम्म बाहिर आएका सबै भिडियोले प्रहरीलाई हत्यारासम्म पुर्‍याउने अनुमान गरिएको छ, जसको बारेमा अहिले पञ्जाब पुलिस बेचैन छ। सिध्दु मुसेवालाको हत्यापछि हालसम्म धेरै भिडियोहरु बाहिर आएका छन् , जसमा एउटा ताजा छ । यो भिडियोमा तीव्र गतिमा रहेको थार गाडी अचानक खाली साँघुरो सडकबाट गुज्रिरहेको देखिन्छ । यो त्यही थार हो, जसमा सिध्दु मुसेवाला चढेका थिए तर गाडी भने उनी आफैं चलाउँदै आएका थिए । सिध्दु मुसेवालाको थार गएको केही सेकेन्डपछि अर्को गाडी चुपचाप सडकबाट निस्केर सोही बाटोमा गुडिरहेको देखिन्छ ।



    यो गाडी बोलेरो हो, जसको बारेमा प्रहरीको अनुमान छ कि यो बोलेरो गाडीमा सवार आक्रमणकारीले अगाडि गएर सिध्दु मुसेवालालाई निशाना बनाएका थिए । गायक सिध्दु मुसेवालालाई आफ्नै कारमा एएन ९५ र एके ४७ जस्ता अत्याधुनिक हतियारले आक्रमण गरिएको थियो । सिध्दु मुसेवालामाथि यति गतिमा गोली चल्यो कि उनले आफ्नै सिटमा झुक्ने समय पनि पाएनन् ।

    यो हत्याले पञ्जाबदेखि दिल्लीसम्मको प्रहरीलाई एक्कासी झस्काएको छ । हालसम्म यो हत्यामा कुनै पनि वास्तविक प्रत्यक्षदर्शी नआए पनि हत्यासँग जोडिएका कथा र हत्याका पछाडिको कारण खुल्न सकेको छैन  । पञ्जाब भित्र आफ्नो हैसियत देखाउने होडमा यो हत्या ग्याङयुद्धको परिणाम हो भन्ने प्रहरीलाई थाहा छ ।

    तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स बिश्नोईले आफ्नै सदस्यले सिध्दु मुसेवालाको हत्या गरेको स्वीकार गरेका छन् । यद्यपि लरेन्सले हत्यामा आफ्नो भूमिकालाई अस्वीकार गर्दै आएका छन् । सिध्दु  मूसेवालाको हत्याको पछाडि गिरोहहरू बीचको दुश्मनी जिम्मेवार मानिन्छ। पञ्जाबका प्रहरी महानिर्देशक वीके भावराले यस हत्यामा क्यानडाका गोल्डी  बराड़ र जेलमा रहेका गुण्डा लरेन्स बिश्नोई  जिम्मेवार रहेको बताएका छन् ।

    सिध्दु मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको टोली नेपालमा आएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरे पनि नेपाल प्रहरीले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार