Online Nepal
  • शनिबार, १५ असोज २०७९
  • चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो

    चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 441
    SHARES

    काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको माग गरेको छ । योग्यता पुगेका नेपाली नागरिकका सूचना जारी गरेको हो ।

    अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ।



    यस्तै स्नातक तह उतीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा काम गरेको हुनुपर्नेछ।



    थप जानकारीका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नु पर्ने छ ।

    बोर्डको अध्यक्षमा रहेका दयाराम दाहालको कार्यकाल केही दिनअघि मात्र सकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार