Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै

    चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 540
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    प्रतियोगिताबारे बोर्डले एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसबारे जानकारी गराएको छ ।



    मौलिक यथार्थपरक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला सँस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।



    प्रतियोगितामा सहभागी हुनको लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी आगामी १० वैशाखसम्ममा दरखास्तसहित चलचित्र बोर्डको कार्यालयमा पेस गर्नु पर्नेछ ।

    पुरस्कृत चलचित्रहरूलाई बोर्डले व्यावसायिक तथा गैरव्यवसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार