Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • टुंगियो चलचित्र ‘एक भगवत् गीता’को विवाद

    टुंगियो चलचित्र ‘एक भगवत् गीता’को विवाद

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ ।

    चलचित्र विकास बोर्डमा आयोजित छलफलमा दुवै पक्ष सहमतिमा आएका हुन् ।



    सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ ।



    विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने छ ।

    भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । उक्त आपत्तिपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार