Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • श्रीमतीको घाँटी कसेर हत्या, शव स्याउलाले पुरेर प्रहरी कार्यालय पुगे श्रीमान

    श्रीमतीको घाँटी कसेर हत्या, शव स्याउलाले पुरेर प्रहरी कार्यालय पुगे श्रीमान

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीमा पतिले पत्नीको हत्या गरी आत्मसमर्पण गरेका छन् ।

    जिल्लाको मालारानी गाउँपालिका २ डाँडाकटेरीका २७ वर्षका कमल भुसालले २७ वर्षीया पत्नी सरु भट्टराईको हत्या गरी इलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय अर्घाखाँची अनुसार शुक्रबार दिउँसो करिब साढे २ बजे पतिपत्नी दुवैजना घरनजिकैको जंगलमा घाँस दाउरा लिन गएका थिए ।



    जंगलमा पुगेर आफ्नै कम्मरमा बाँधेको गम्छाले पत्नीको घाँटीमा कसेर हत्या गरी नजिकैको खोल्सीमा स्याउलाले छोपेर कमलले ‘श्रीमतीको हत्या गरेँ’ भनेर आत्मसमर्पण गरेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

    घटनास्थलमा प्रहरीको टोली पुगेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार