Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

    क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 825
    SHARES

    काठमाडौं । क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ ।

    लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाल टिम बाहिर परेका छन् । बसिर अहमद र पवन सर्राफ भने टिममा अटाएका छन् ।



    टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी छन् ।



    नेपालले क्यानडासँग २ एक दिवसीय शृङ्खला खेल्ने छ । नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार