Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ओलीलाई भेटेर प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

    ओलीलाई भेटेर प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 963
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

    उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।



    उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।



    गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार